नियम १५
छाप वा चिन्ह लगाउनु पर्ने

(१) यस नियमावली बमोजिम वध गरिएको पशुको मासु जाच गरिसकेपछि मासुमा अनुसूची–१० बमोजिमको ढांचामा आवश्यकता अनुसार छाप वा चिन्ह लगाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम मासुमा छाप वा चिन्ह लगाउन प्रयोग गरिने मसी नमेटिने र जनस्वास्थ्यमा प्रतिकूल असर नपर्ने किसिमको हुनु पर्नेछ ।

(३) मासु निरीक्षक बाहेक अरु व्यक्तिले मासुमा छाप वा चिन्ह लाउन पाउने छैन ।